धनगढीको एक घरमा दिउँसै चोरी

धनगढी- धनगढी उपमहानगरपालिका–७ नमुना टोलको एक घरमा दिउँसै चोरी भएको छ । आइतबार दिउँसो तीन बजे स्थानीय वीरेन्द्र प्रसाद भट्टराईको घरमा चोर पसेको हो ।

अन्दाजी ५० वर्षको जस्तो देखिने पुरूष घर भित्र पसेको सिसिटिभी फुटेजमा देखिएको छ । भारतीय नागरिकको जस्तो हुलिया भएको व्यक्तिले घर भित्र पसेर मोबाइल चोरी गरेको भट्टराईले बताएका छन् । भुइँ तलमा भाडामा दिएको कोठामा पसेर चोरले चार्जमा लगाएको मोबाइल लगेको भट्टराईले बताए ।

Navadurga sun

दिउँसोको समयमा कोठामा बस्ने व्यक्ति धारामा लुगा धोइ रहेको मौका छोपेर चोरले मोबाइल लगेको भट्टराईले बताए । घरमा मानिस हुँदाहुँदै चोरले मोबाइल चोरेको हो ।  घरधनी भट्टराईले सिसिटिभी क्यामेरामा देखिएको फुटेज सहित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...