गोदावरीमा एक जना मृत अवस्थामा  फेला

Dadeldhura hospital

अत्तरिया- कैलालीको गोदावरीमा एक जना मृत अवस्थामा फेला परेका छन् । गोदावरी नगरपालिका–८ का ५५ वर्षीय नर बहादुर धामी मृत अवस्थामा फेला परेका छन् ।

धामीलाई गोदावरी–८ को जमुनाभाडी स्थित मुख्य राजमार्गबाट अन्दाजी सात/आठ सय मिटर भित्री नालामा मृत फेला पारेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...