सामाजिक बिकास मन्त्री खड्काद्वारा प्रदेशका ८८ वटै स्थानीय तहसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

कञ्चनपुर, १४ साउन- सामाजिक बिकास मन्त्री लाल बहादुर खड्काले कोभिड १९ को तेश्रो लहर तयारी, रोकथाम, नियन्त्रण, उपचार तथा ब्यबस्थापन सम्बन्धि प्रदेशका ८८ वटै स्थानीय तह संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । श्रावण १२ र १३ गते दुइ दिन चलेको अन्तरक्रिया कार्यक्रममा प्रदेशका ९ वटै जिल्लाका ८८ वटा स्थानीय तह का प्रमुख र उप प्रमुख, जिल्ला कोभिड ब्यबस्थापन समितिका पदाधिकारी, स्वास्थ्य कार्यालय प्रमुख, स्थानीय तह स्वास्थ्य शाखा प्रमुख लगायत स्वास्थ्यकर्मी र अन्य सरोकारवालाहरुको सहभागिता समेत रहेको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रममा सामाजिक बिकास मन्त्रालयले कोभिड महामारीको तेश्रो लहरमा संक्रमित हुन सक्ने बालबालिका सहितको लागि मध्यनजर गरी स्वास्थ्य उपचार तथा ब्यबस्थापनको लागि कार्ययोजना तयार गर्दै गरेको हुनाले उक्त कार्य योजनामा स्थानीय तह र जिल्ला कोभिड ब्यबस्थापन समितिका पदाधिकारीहरुको समेत रायसुझाव लिएर तयारी आवस्थामा रहनको लागि उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको थियो ।

Navadurga sun

कार्यक्रममा मन्त्री खड्काले हाल फैलिएको कोभिड महामारीको सामना गर्न संघ, प्रदेश र स्थानीय तह सहित तिन वटै सरकारहरुले साझा अवाधरणा र कार्ययोजना बनाएर अघि बढ्नु पर्ने, प्रदेशका दुइ वटा ठुला नाका त्रिनगर डोकेबजार र गड्डाचौकी तथा अन्य दुइ साना नाका झुलाघाट बैतडी तथा पुलघाट दार्चुलाबाट नेपाल भित्रनेहरुको पूणर्रुपले ब्यबस्थित तरिकाले नेपाल भित्र्याउनमा कमि हुन् नदिने बताएका छन । अबको लहरमा बालबालिका बढी प्रभावित हुने आशंका गरिएको हुनाले प्रदेशका सबै अस्पतालमा बालबालिकाहरुका लागि आइसोलेसन बेड ब्यबस्थापन गर्ने काम थप आइसीयु र भेन्टिलेटर समेत अस्पतालमा जडान गर्ने काम भैरहेको सामाजिक विकास मन्त्री खड्काले बताए ।

उक्त अन्तरक्रिया कार्यक्रममा सामाजिक बिकास राज्य मन्त्री श्री मना कुमारी साउद, सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थी, सामाजिक बिकास मन्त्रालय जन स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्की र चिकित्सा महाशाखा प्रमुख डाक्टर जगदीश जोशीको उपस्थिती रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...