क्रान्तिकारी कम्युनिष्ट पार्टीको प्रदेश संगठन समिति गठन

अत्तरिया- क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको सुदूरपश्चिम प्रदेश संगठन समिति गठन गरेको छ । प्रदेशको एकता अधिवेशनले १ सय ९ जनाको समिति गठन गरिएको छ । बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो ।

राम बहादुर थारूको संयोजकमा समिति गठन गरिएको छ । समितिको सह–संयोजकमा राम बहादुर केसी रहेका छन् । बैशाख ९ गते सुदूरपश्चिममा एकता अधिवेशन सम्पन्न भएको थियो ।

नेपाल क्रान्तिकारी (माओवादी), नेकपा मशाल, नेकपा बहुमत पार्टी एकता भएर बनेको क्रान्तिकारी कम्युनिष्ट पार्टी हो । केन्द्रमा एकता अधिवेशन पछि देशभरका सात वटै प्रदेश कमिटिहरु गठन गरेको जनाएको छ । बिहीबार अधिवेशनपछि सुदूरपश्चिम प्रदेश संगठन संयोजक रामबहादुर थारूले पार्टीले कम्युनिष्टहरू एक हुने उद्देश्यका साथ एकता अभियान थालेको बताए ।

उनले अहिलेकै व्यवस्थाले देशले निकास नपाउने दावी गरे । पत्रकार सम्मेलनमा पार्टीको केन्द्रिय सह–संयोजक सन्त बहादुर नेपाली, कार्यालय सदस्य गुणराज लोहनी र सुदूरपश्चिम प्रदेश संयोजक लालबहादुर जाग्री लगायत नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

Loading...