डडेल्धुरामा खैरो हेरोईन सहित एक युवक पक्राउ

डडेल्धुरा- डडेल्धुरामा खैरो हेरोईन सहित एक युवक पक्राउ परेका छन् ।

अमरगढी नगरपालिका–४ खलंगाबाट सोही ठाउँ बस्ने २४ वर्षीय मिन बहादुर बिष्ट १ सय मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित बुधवार पक्राउ परेका हुन् । बिष्टलाई लागूऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

Loading...