Division ban Pahalmanpur

कैलालीको धनगढी र अत्तरियामा देखिन थाले अलपत्र महिला र पुरुष

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- कैलालीको धनगढी र अत्तरियामा अलपत्र परेका महिला र पुरुषहरु देखिन थालेका छन् । धनगढीको बसपार्कबाट मात्र सोमबार  एक अलपत्र महिलाको उद्धार गरिएको छ । नेपाल स्वतन्त्र यातायात मजदुर संगठनले २० दिन देखि धनगढी बसपार्क क्षेत्रमा अलपत्र महिलाको प्रहरीको सहयोगमा उद्धार गरेर दृष्टि फाउण्डेसनको जिम्मा लगाएको छ। पहिचान नखुलेकी ती महिला मानसिक अवस्था ठीक नभएको अवस्थामा फेला परेकी थिइन् ।

केही समय अघि मात्र अत्तरियामा एक अर्की महिला पनि यसैगरी अलपत्र अवस्थामा फेला परेकी थिइन् । गोदावरी नगरपालिका–४ स्थित बास्कोटा जंगलको किनारमा सानो छोरी सहित बाजुराको बाँधु गाविस–३ स्थायी घर भएकी सरिता सार्की फेला परेकी थिइन् । मुगुको श्रीकोट गाविस–८ मा जन्मेकी उनलाई स्थानीयले फेला पारेर उद्धार गरेका थिए ।

Malpot office jogbudha

अत्तरियाबाटै बैतडीको पाटन घर बताउँने अनिता लुहारको उद्धार गरेर युवाहरूले दृष्टि फाउण्डेसनको जिम्मा लगाएका थिए । गत माघमा धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले बालक सहितकी महिलाको उद्धार गरेको थियो । धनगढी उपमहानगरपालिका–५ बाट उनको उद्धार गरिएको थियो । नगर ३५ वर्षीया महिलाको मानसिक अवस्था ठिक नरहेको भन्दै स्थानीयले नगर प्रहरीलाई खबर गरेका थिए ।

उनको उद्धार गरेर दृष्टि फाउन्डेसनको जिम्मा लगाइएको थियो । यी घटना त केबल प्रतिनिधि उदाहरण मात्र हुन् । पछिल्लो समय बजार तथा सडक किनारमा यसैगरी अलपत्र फेला पर्नेको संख्या बढ्न थालेको छ । परिवारबाट धपाइएका तथा गरिबीका कारण सडकमा देखा पर्ने महिलासँगै पुरुषको संख्या पनि बढ्न थालेको छ ।

सडकमा अलपत्र परेकाहरूको स्थानीय र केही युवाहरूको समुहले उद्धार गरेर विभिन्न सङ्घसंस्थाको जिम्मा लगाउने गरेका छन्। अधिकांश पुरुष बुढेस काल लागेको अवस्थामा सडकमा अलपत्र अवस्थामा फेला पर्ने गरेका छन् । कतिपय महिला भने कमै उमेरका तर बच्चा सहित मानसिक अवस्था ठिक नभएको अवस्थामा फेला पर्ने गरेका छन् । सडकमा अलपत्र परेकाहरूको उद्धारका लागि विभिन्न संघसंस्था खुलेको भए पनि यस्तो समस्या अझै हल हुन सकेको छैन् ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...