भदौ १४ गते सेनाका बख्तरबन्द गाडीले चक्रपथ परिक्रमा गर्ने

काठमाडौं, १३ साउन- नेपाली सेनाले साउनदेखि चैतसम्म देशका विभिन्न ब्यारेकबाट बख्तरबन्द गाडीको अभ्यास गर्ने भएको छ ।

नेपाली सेनाले बुधबार सूचना जारी गर्दै काठमाडौंको सितापाइलामा तैनाथ गणले भदौदेखि चैतसम्म, सुनसरी ब्यारेक इटहरीमा तैनाथ गुल्मले साउनमा तथा बोराडाँडी ब्यारके कैलालीमा तैनाथ गुल्मले साउन र भदौ महिनामा बख्तरबन्द गाडीको अभ्यास गर्ने जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

सीतापाइला गणले भदौ १४, असोज ११, कात्तिक १५, मंसिर १३, पुस १२, माघ १०, फागुन २३ र चैत १४ गते काठमाडौंको चक्रपथमा अभ्यास गर्नेछ ।

त्यसैगरी साउन १४ गते सुनसरी ब्यारेकबाट इटहरी चोक, ट्याङ्ग्रा चोक, हवाई चोक, तालतलैया हुँदै अभ्यास गरिनेछ भने साउन २५ र ३२ गते पनि सुनसरी ब्यारेकबाट अर्को रुटमा अभ्यास गर्ने जनाइएको छ ।

त्यस्तै धनगढीको बोराडाँडी ब्यारेकबाट साउन १४, २१ र २८ गते तथा भदौ ३, १०, १७ र २४ गते बख्तरबन्द गाडीको अभ्यास गरिने सेनाले जनाएको छ ।

Loading...