कञ्चपुर दोधाराचाँदनी नगरपालिकामा अख्तियारको छापा






कञ्चनपुर, १३ साउन- कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा हानेको छ । आर्थिक वर्ष २०७७–७८ मा योजना सम्पन्न नहुँदै बजेट भुक्तानी दिएको उजुरी परेपछि बुधबार अख्तियारको कार्यालय महेन्द्रनगरको टोलीले नगरपालिकामा छापा हानेर कागजपत्र नियन्त्रणमा लिएको हो ।


अख्तियार महेन्द्रनगरका सूचना अधिकारी हरिशचन्द्र जोशीले नगरपालिकाले सडक पूर्वाधारतर्फका केही योजनामा काम सम्पन्न नहुँदै भुक्तानी गरेको उजुरीपछि छापा हानिएको बताए । दोधारचाँदनी नगरपालिकाले गत आर्थिक बर्ष २०७७–०७८ मा सम्पन्न हुनुपर्ने सडक कालोपत्रेका योजनामा काम नसकिदै भुक्तानी दिदै अनियमितता गरेको दाबी गरिएको अख्तियारले जनाएको छ ।



