प्रदेश प्रमुखद्वारा सुदूरपश्चिम प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्य

अत्तरिया- सुदूरपश्चिम सरकारले प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ । बिहीबार बसेको मन्त्री परिषद्को बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख नजिर मियाँले अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार सरकारको सिफारिसमा शुक्रबार राति १२ बजेदेखि लागू हुने गरि अधिवेशन अन्त्य गरिएको छ । बिहीबार प्रदेशसभाबाट मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिएका थिए । कांग्रेस, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको बहिष्कारका बीच विश्वासको मत लिएका थिए ।

सभामुख भीम बहादुर भण्डारीले शुक्रबार दिउँसो २ बजेका लागि बैठक बोलाएका थिए । तर सभा सञ्चालनका लागि दलहरूबीच सहमति नभएको भन्दै सभामुख भण्डारीले बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन् ।

Loading...