युवा शक्ती आगाडि नबढ्दासम्म विकास असम्भव : प्रदेश प्रमुख मिया

धनगढी- सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाले युवा शक्ती आगाडि नबढ्दासम्म विकास सम्भव नरहेको बताएका छन्। बुधबार प्रदेश युवा परिषद सुदूरपश्चिमले आयोजना गरेको नमुना युवा सांसद अभ्यास कार्यक्रमको उद्घाटन गर्दै युवाहरू नै आगाडि बढ्नु पर्नेमा जोड दिए । युवा शक्ती विदेश पलायन भइरहेको विषयमा चिन्ता व्यक्त गर्दै प्रदेश प्रमुख मियाले स्वदेशमै आफै केही गर्न तर्फ लाग्नु पर्नेमा जोड दिए ।

Dadeldhura hospital

युवाहरू आगाडि नबढ्दा देशको विकास सम्भव छैन उनले भने “सबै युवाले आफ्नै ठाउँमा काम गर्ने आँट गर्नुपर्छ र अनि मात्रै देश विकास हुन्छ, यो नमुना युवा संसद कार्यक्रमले सक्षम नेतृत्व चयन गर्ने विषयमा चेतना विकास गर्ने छ, नेतृत्वले गर्नुपर्ने काम कार्वाही, संसदको भूमिका बारे यसले प्रस्ट पार्ने र, युवाहरूमा आफ्नै ठाउँमा केही गर्ने जाँगर पलाउने छ ।”

Navadurga sun
Godawari sandesh

सुदूरपश्चिमका ९ वटै जिल्लाबाट युवा सहभागी कार्यक्रम ३ दिनसम्म चल्ने प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुवँरले बताए । संघीय ससर्त र प्रदेशको बजेटबाट यो कार्यक्रम आयोजना गरिएको उनले बताए । कुँवरले यसबाट भविश्यको सक्षम नेतृत्व उत्पादन हुने विश्वास व्यक्त गरे । सरकारले युवाहरूमा गरेको लगानी खेर नजाने बताउँदै उनले युवाका क्षेत्रमा लगानी बढाउन आग्रह समेत गरेका हुन् ।

Loading...