अत्तरिया उद्योग वाणिज्यको भवन निर्माण सुरु 

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं २ बनखेतमा रहेको अत्तरिया उद्योग वाणिज्य संघको अधुरो रहेको भवन सशस्त्र प्रहरी वलको अवरोधका बीच निर्माण कार्य सुरु भएको छ ।

१८ वर्ष पहिले देखि यस क्षेत्रका उद्योग वाणिज्य संघले भोगचलन गर्दै आएको र अहिले पनि आफ्नै भवन बन्दै गर्दा विगत २ वर्ष देखि सशस्त्र प्रहरीले आफ्नो जमिन दाबी गर्दै आए पछि विवाद सृजना भएको र अहिले आएर उहाँहरु पनि स्टोर भवन बनाउँदै गरेको र हाम्रो समितिले पनि यस अधुरो रहेको भवनलाई पूर्णता दिन काम आज बाट थालनी गरेको जानकारी समितिका संस्थापक अध्यक्ष बसन्त रोकायाले बताएका छन ।

Navadurga sun

यस संस्थाले अत्तरिया वरपर रहेका व्यापारीका हकहितका लागि काम गर्दै आएको र आगामी दिनमा पनि काम गर्दै जादा भवनको आवश्यकता अपरिहार्य रहेको र अत्तरिया बजारमा रहेका व्यापारीहरूको समुह अहिले हामीलाई निर्माण कार्यमा साथ दिएकोले हामीले निर्माणको काम सुरु गरेको जानकारी वाणिज्य संघका महासचिव शंकर खड्काले बताएका छन् ।

व्यापारीहरूको हक हितका लागि पर्ने उद्योग वाणिज्य संघको अधुरो रहेको भवन निर्माण सुरुका लागि सशस्त्र प्रहरीको अवरोधलाई पन्छाउन व्यापारीहरूको साथ र समर्थनले हामी भवनलाई पूर्ण रूप दिनको लागि अगाडी बढेको जानकारी उद्योग वाणिज्य संघका अध्यक्ष कल्यान सिंह बोहराले बताए ।

यस भवन निर्माणका लागि अत्तरिया उद्योग वाणिज्य संघका समिति पदाधिकारी सङ्गै नेता कार्यकर्ता, समाजसेवी, व्यापारीको बाक्लो उपस्थितिमा भवन निर्माणको काम थालनी गरेका छन ।

पछिल्लो केही महिना अघि महोत्सव लागेको समयमा टिकट घोटालाको विषयलाई लिएर संघमा विवादमा आए सँगै झिनो आशा लिएर आगाडि बढेको वाणिज्य संघको भवन निर्माणको कार्यले गति लिन सकेको थिएन । वाणिज्य संघको भवन छेउमै सशस्त्र प्रहरी बलले स्टोर निर्माण कार्य अगाडि बढाउदै जादा यता संघका पदाधिकारीहरू पनि उहाँको काम देखेर आफूहरू पनि कामको थालनी गरी अगाडि बढाउने भन्दै सबै पदाधिकारी एकजुट भएका थिए ।

अत्तरिया उद्योग वाणिज्य सघ परिसरमा सशस्त्र प्रहरीले ब्याडमिन्टन कोर्ट बनाउन सुरु गरेको छ । अत्तरिया उद्योग वाणिज्य संघको भोगचलनमा रहेको जग्गामा सशस्त्रले आफ्नो दाबी गर्दै ब्याडमिन्टन कोर्ट निर्माण गर्न लागेको हो ।

सशस्त्रले संघको परिसरमा कोर्ट निर्माण गर्न थालेपछि उद्योग वाणिज्य संघले पनि अधुरो भवन निर्माण सुरु गरेको छ । २०६२ साल देखि संघको भोगचलनमा रहेको जग्गामा सशस्त्रको हाल आएको आफ्नो दाबी गर्दै कोर्ट बनाउन लागेको संघका अध्यक्ष कल्याण बोहराले बताएका छ्न्

ADD Khali jpg
ADD Khali jpg
Loading...