


कैलाली- कैलालीमा वनको खानेपानी टंकी नजिक एक जना मृत फेला परेका छन् । जिल्लाको कैलारी गाउँपालिका–८ सिटाकुवा सामुदायिक वनको खानेपानी टंकी नजिक कैलारी गाउँपालिका–६ बेनौली बस्ने अन्दाजी ४५/४६ वर्षीय भोज बहादुर चन्द शुक्रवार मृत अवस्थामा फेला परेका हुन् ।


यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट आवश्यक अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।



