वन मुद्दामा फरार रहेका कैलालीको गोदावरीका १ जना पक्राउ

Dadeldhura hospital

धनगढी- वन मुद्दामा फरार रहेका कैलालीको गोदावरीका १ जना पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीको फैसलाले वन मुद्दामा ३ महिना कैद सजाय र २ लाख ७५ हजार जरिवाना ठहर भई फरार रहेका गोदावरी नगरपालिका-४ बस्ने ४६ वर्षीय प्रेम मल्ल  पक्राउ परेका हुन् ।

मल्ललाई बुधवार अस्थायी प्रहरी पोष्ट गोदावरीबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरी सजाए भुक्तानका लागि अदालतमा पेश गरेको छ ।

Loading...