कञ्चनपुरमा अटो र मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा अटो रिक्सा र मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका–३ की माया तामाङको धनगढी स्थित माया मेट्रो अस्पतालमा बुधवार मृत्यु भएको हो ।

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार पुनर्वास नगरपालिका–२ मोती बस्तीमा मङ्गलवार सुदूरपश्चिम प्रदेश ०१–००१ ह ४९१३ नम्बरको अटो रिक्सा र से ४ प २९६७ नम्बरको मोटरसाइकल ठोकिएका थिए ।

Navadurga sun
Godawari sandesh

मोटरसाइकलमा सवारी पुनर्वास नगरपालिका–३ कि मायाकुमारी तामाङको बुधवार उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । मोटरसाइकलका चालक आइते बहादुर तामाङ घाइते छन् । उनको उपचार जारी रहेको प्रहरीले बताएको छ । अटो रिक्साका चालक जयराम चौधरी प्रहरीको नियन्त्रणमा छन् ।

Loading...