बझाङमा पार्कीङ गरी राखेको जीपमा आगजनी






बझाङ, ११ साउन- बझाङमा अज्ञात समूहले सहकारी संस्थाको जिपमा आगजनी गरेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको आमधारा नौरा कृषि सहकारी संस्थाको जिपमा अज्ञात समूहले आगजनी गरेको आमधारा नौरा कृषि सहकारी संस्थाका अध्यक्ष नरेन्द्र सिंहले जानकारी दिए । आमधारा नौरा कृषि सहकारी संस्थाको अफिस अघि पार्किङ गरी राखेको म १ च ७८३ नम्बरको जीपमा गएराति आगजनी भएको हो । जीपको अगाडिको सिसा फूटाएर पार्किङ गरेको ठाँउ भन्दा झण्डै २० मिटर अगाडी धकेलेर ल्याएर आगजनी गरिएको छ ।
आईतवार राति करिब १२ बजे तिर जिपमा आगजनी भएको बझाङ प्रहरीले जनाएको छ । आगजनीबाट जिपको अगाडीको सिट र पछाडिको पूरै भाग जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय बझाङका सुचना अधिकारी तथा ईन्स्पेटर कमलराज चौधरीले जानकारी दिए । जीपमा आगजानी कसले र किन गरेको हो भन्ने बारेमा खोज अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खडकाले बताए ।
२०७६ सालमा आमधारा नौरा कृषि सहकारी संस्थाले जीप खरीद गरेको हो । कृषि सामग्री तथा खाद्यान्न ढुवानी गर्ने उदेश्इका साथ जीप खरीद गरीएको अध्यक्ष नरेन्द्र सिहँले जानकारी दिए । आमधारा नौरा कृषि सहकारी संस्थाको २ लाख ७१ हजार र जयपृथ्वी नगरपालिकाको २५ लाख रुपैयाको लागतमा जीप खरीद गरी संचालनमा ल्ल्याईएको थियो । आमधारा नौरा कृषि सहकारी संस्थाका अध्यक्ष तथा जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सिहँका अनुसार ‘बर्खाको समयमा साखा सडक बन्द भएकोले जीपलाई करीब डेढ महिना देखी पार्कीङमा नै राखीएको थियो’ ।



