Satyawati
Division ban Pahalmanpur

चालकलाई कारबाही र क्षतिपुर्ती दिने सहमतिपछि अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

Purbadhar dadeldhura

अत्तरिया- चालकलाई कारबाही र पीडितलाई क्षतिपुर्ती दिने सहमतिपछि अवरुद्ध भीमदत्त राजमार्ग खुलेको छ । आज (मङ्गलवार) बिहान ८ बजे देखि बन्द भीमदत्त राजमार्ग यस्तो सहमति पछि खुलेको हो । फरार भएका बसका चालक र समितिका व्यक्तिहरू सम्पर्कमा आएर छलफल सुरु भए पछि बाटो खुलाउने काम भएको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ । तर सहमतिअनुसार काम नभए फेरि बाटो अवरुद्ध गरे विरोध गर्ने पीडित पक्षको चेतावनी छ ।

Malpot office dadeldhura

दोषीलाई कारबाही हुनुपर्ने र पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग अघि सारिएको थियो । ती माग पुरा गर्ने विषयमा सहमति भइसकेको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ । सोमवार गोदावरी नगरपालिका–४ बुढीतोलामा सुदूरपश्चिम प्रदेश ०२–००१ ख १२८७ नम्बरको बसले सुदूरपश्चिम प्रदेश ०१–०११ प ९४६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक डडेल्धुरा, आलिताल गाउँपालिका–१ थक्लाडी पुर्ण बहादुर ऐरको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनापछि बस चालक फरार थिए। ऐर पूर्व वडाअध्यक्ष समेत हुन्। ठक्कर दिने चालकलाई कारबाही र पीडितलाई क्षतिपुर्ती दिने विषयमा इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियामा छलफल भएको हो। छलफल सकारात्मक भएको प्रहरीले बताएको छ । घटना कैलालीमा घटेको हो भने मृत्यु हुने व्यक्ति डडेल्धुराका हुन् ।

Dadeldhura Aspatal & Ban
Loading...