


धनगढी- कैलालीबाट विभिन्न मुद्दाका ४ फरार प्रतिवादी पक्राउ परेका छन् । हातहतियार खरखजना मुद्दामा २ महिना २९ दिन कैद सजाय र ६ हजार जरिवाना ठहर भएका गोदावरी नगरपालिका-१० बस्ने २७ वर्षीय प्रदेश चौधरी, वन मुद्दामा २० हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका-२ बस्ने ६५ वर्षीय लालबहादुर साँउद, चेक अनादर मुद्दामा ४ सय जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका-९ बस्ने ३४ वर्षीय दुर्गा बहादुर कार्की र बोक्सि आरोप मुद्दामा जरिवाना ११ महिना १० दिन कैद सजाय र १० हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका-१२ बस्ने ५२ वर्षीय देव बहादुर लुहार पक्राउ परेका हुन् ।


जिल्ला अदालत कैलालीको फरक-फरक मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भएपछि चारै जना फरार रहेका थिए । फरार चारै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्र सिंह बोहराले बताए ।





