अत्तरिया उद्योग वाणिज्य संघ द्वारा जमिन वाणिज्य संघलाई फिर्ता गरि दिन सशस्त्र प्रहरी वललाई पत्र

अत्तरिया- कैलालीको अत्तरिया उद्योग वाणिज्य संघले निर्माण गरेको भवन र तारवार लगाएको जमिन वाणिज्य संघलाई नै फिर्ता गरि दिन भनि सशस्त्र प्रहरी वललाई सहयोग, सहकार्यका लागि पत्र पठाएको छ ।

गोदावरी नगरपालिका–२ मा रहेको कार्यालय सहित जमिन संघलाई फिर्ता गरि दिनका लागि पत्र पठाएको हो । संस्थाका अध्यक्ष कल्याण सिंह बोहराद्वारा हस्ताक्षरित पत्रमा भनेको छ की अत्तरियामा रहेका उद्योग, व्यापार, व्यवसायको संरक्षण, प्रबर्द्धन गर्ने हेतुले कार्यालय स्थापना गरेको र यसको आवश्यकता सँगै सम्पूर्ण राजनीतिक दल, समाजसेवी, नागरिक समाज, उद्योगी, व्यापारी सबैको सहमतिमा छनौट गरी उद्योग, व्यापार, व्यवसायको संरक्षण, प्रबर्द्धन गर्ने हेतुले कार्यालय स्थापना भएको जानकारी गराउँदै उक्त जमिनमा सशस्त्र प्रहरी बलले बेडमेन्टिङ्ग कोर्ड बनाउन निर्माण सामग्रीहरू फालिसकेकाले यस कार्यलाई रोकी सहयोग गरि दिन हुन भन्दै पत्र पठाएको छ ।’

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उद्योग वाणिज्य संघ अत्तरियाको नामाङ्कन र गठन हुनु पूर्व सुदूरपश्चिमको मूलद्वारमा रहेको अत्तरिया बजारको बजारीकरणको रुपमा २०४०–०४२ साल पूर्व देखि नै बजारको विस्तार हुँदै अभिलेखमा उल्लेख भए अनुसार २०६२ सालमा उद्योग व्यापार व्यवस्थापन समिति अत्तरियाको नामबाट बजार व्यवस्थापनको कार्य अघि बढ्दै आएको अवस्थामा सोही बजार व्यवस्थापन समितिको तत्कालीन मालाखेती ४ उत्तर वनखेत स्थित कच्ची टहरो रहेको स्थानमा रहेको जनाएको छ ।

मिति २०७१ जेठ २१ गतेका दिन अत्तरिया उद्योग वाणिज्य संघ अत्तरियाको स्थापना भई सकेपछि व्यवसायिक हकहित तथा यस क्षेत्रको समग्र विकासका लागि हुने गरेका क्रियाकलापहरूलाई यसै मार्फत अगाडि बढिरहेका र यसरी स्थापना काल देखि हाल सम्म आई लामो इतिहास बनाइसकेको अत्तरिया उद्योग वाणिज्य संघले सांसद विकास कोष, तत्कालीन जिल्ला विकास समिति, तत्कालीन गाँउ विकास समिति, गोदावरी नगरपालिका, विभिन्न उद्योगी, व्यापारी, व्यक्तित्व लगायतको सहयोगमा सहयोग जुटाई करिव डेढ करोडको लगानीमा भवन निर्माणाधीन अवस्थामै रहेको समेत यहाँमा जानकारी पत्रमा गरेको छ ।

यसरी लामो समय देखि चलन भोग र यती ठूलो भवन निर्माण कार्य भइरहदा पनि कही कतैबाट केही जानकारी तथा रोकावट नभएको र हाल आएर शसस्त्र प्रहरी वल नेपाल सुदूरपश्चिम प्रदेश वैद्यनाथ वाहिनीको भोगाधिकार भित्र पारिएको बुझिएको र त्यस सम्बन्धमा पटक पटक विभिन्न समिति मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण विज्ञप्ति तथा पहल पनि गरिसकेको व्यहोरा जानकारी गरिन्छ र त्यहाँ वैद्यनाथ वाहिनीले यस संघको घेरवार गरेको जमिनमा बेडमेन्टिङ्ग कोर्ड बनाउन निर्माण सामग्रीहरू फालिसकेकाले उक्त अत्तरिया उद्योग वाणिज्य संघ अत्तरियाको चलन भोगमा रहेको जमिनका विषयमा छलफल तथा नणिर्य गर्नुपर्ने भएकाले केही समयका लागि निर्माण कार्य रोकी सहयोग गरि दिन हुन अत्तरिया उद्योग वाणिज्य संघ अनुरोध गरेको छ ।

Loading...