बझाङमा आधा भन्दा कम मतदान, आईतबार मतगणना गरिने

बझाङ-  बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा आधा भन्दा कम मत खसेको छ । यहाँ ६१ हजार ७६८ मतदाता रहेकोमा ३० हजार ३२८ मत अर्थात ४९.१२ प्रतिशतमात्रै मत खसेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।

Dadeldhura hospital

उनका अनुसार बझाङमा ९३ मतदान केन्द्र र ७४ मतदान स्थल तोकिएका थिए । सबैमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत लामिछानेले बताए । उनका अनुसार अहिले मत पेटिका ल्याउने काम भइरहेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

साइपाल गाउँपालिका वडा नम्बर ३, ४ र ५ बाहेक अरू वडा र स्थानीय तहका मतपेटिका मतगणना स्थल सदरमुकाम चैनपुर तर्फ लिने काम भइरहेको छ । ती तीन वडाको मत पेटिका आइतबार हेलिकप्टर मार्फत ल्याइने मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिए ।

मतपेटिका आएपछि सर्वदलीय बैठक बस्ने र आइतबार दिउँसोबाटै मतगणना सुरु गर्ने तयारी भएको उनले बताए । बझाङमा ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । उनीहरु मध्ये नेपाली कांग्रेस र नेकपा एमाले बीच तीव्र प्रतिस्पर्धा हुने आकलन छ ।

Loading...