


दार्चुला- दार्चुलामा चट्याङ पर्दा दुई जना घाईते भएका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका-८ मा चट्याङ पर्दा ३५ वर्षीया महिला र ८ वर्षीय बालक घाईते भएका हुन् ।


घाईते दुुबै जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । चट्याङबाट दुुई घरको वाइरिङ र मिटर बक्स जलेको प्रहरीले जनाएको छ । उक्त आगलागीबाट १ गाई समेत मरेको र चट्याङले घरको छतमा समेत प्वाल परेको प्रहरीले जनाएको छ।





