


धनगढी- कैलालीबाट चोरी मुद्दामा फरार एक जना प्रतिवादी पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–३ का सुमन ताम्राकार शुक्रवार पक्राउ परेको प्रहरीले जनाएको छ ।


सुमनलाई जिल्ला अदालत कैलालीले चोरी मुद्दामा ५ दिन कैद सजाय र १ लाख ५० हजार जरिवाना तोकेको थियो। सजाय तोकेकै दिनबाट फरार रहेका उनलाई अस्थायी प्रहरी पोष्ट चौकीडाँडाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

