किसान बहुउद्देश्यीय सहकारी संस्था अतरियाद्वारा कर्जा मिनाहा तथा सुविधा वितरण

अत्तरिया- किसान बहुउद्देश्यीय सहकारी संस्थाले एक जना शेयर सदस्यको ऋण मिनाहा गरेको छ । सहकारीको अत्तरिया शाखाले गोदावरी १ चैतनपुर गाउँका एक जना शेयर सदस्यको कर्जा मिनाहा गरेको हो । 

शुक्रबार सुविधा वितरण तथा श्रद्धाञ्जली सभाको आयोजना गर्दै ऋण मिनाहा गरेको हो । शेयर सदस्य गोदावरी नगरपालिका १ चैतनपुरकी जानकी चौधरीका श्रीमान विर सिंह चौधरीको मृत्युपछि उनको ऋण मिनाहाका साथै थप सुविधा प्रदान गरेको छ । चौधरीको ८४ हजार ३ सय ५९ कर्जा मिनाहाका साथै २ लाख ५४ हजार ५ सय ८१ थप सुविधा सहित ३ लाख ३८ हजार ९ सय ४० को चेक हस्तान्तरण गरेको हो ।

उनको ऋण मिनाहाका साथै थप सुविधा प्रदान गरेको जनाएका छन् ।  ऋण वा ऋणका अभिभावकको मृत्यु भएमा सहकारीले कर्जा मिनाहाका साथै अन्य सुविधा प्रदान गर्दै आएको किसान सहकारी अत्तरिया शाखाका शाखा प्रमुख चक्र प्रसाद भण्डारीले जानकारी दिए । 

सहकारीका शुक्लाफाँटा इलाका प्रमुख गोरख बहादुर शाहको अध्यक्षतामा भएको सुविधा वितरण कार्यक्रममा स्थानीय सहकारीका शेयर सदस्यको सहभागिता रहेको थियो ।

Loading...