कैलालीको अत्तरिया  बसपार्क जोगाउन संघर्ष समिति

अत्तरिया- कैलालीको अत्तरिया बसपार्क, ६१ घरधुरी  लामिताल लगायतका संरचना जोगाउन को लागी अत्तरिया सरोकार  समन्वय समिति  बनाइएको छ । 

शुक्रबार बसेको भेलाले  ३ सदस्यीय समिति  बनाइएको छ । अत्तरिया बसपार्क निर्माण समिति का अध्यक्ष गोकर्ण भट्ट को संयोजकत्वमा समिति बनाइएको हो । समिति को सदस्यमा राजेन्द्र खड्का र वीर बहादुर भाटलाई सदस्य तोकिएको छ ।

समितिले सबै पक्ष सँग समन्वय गरेर थप कार्यक्रम सार्वजनिक गर्ने समितिका सदस्य खड्का ले बताए । बसपार्क, लामिताल र ६१ घरधुरी  सहित को  जग्गा नेपाली सेना ले आफ्नो भोगाधिकार रहेको भन्दै खाली गराउन दबाब दिँदै आएको छ ।

Loading...