लागुऔषध कारोबारस्थलमै प्रहरीको छापा

काठमाडौं, ९ साउन– भारतीय नागरिकले नेपालगञ्जमा कोठा भाडामा लिएर गर्दै आएको लागुऔषधको कारोबारस्थलमा बाँके प्रहरीले छापा मारेको छ ।

नेपालगञ्ज उपमहनगरपालिका वडा नं. १२ कोरियनपुरमा गएराति दुई भारतीय नागरिकसहित तीन व्यक्तिलाई ४३ ग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेपछि नेपालगञ्जमा भाडामा कोठा लिएर अवैध लागुऔषधको ठूलो कारोबार हुँदै आएको तथ्य फेला परेको हो ।

Navadurga sun

लागुऔषध ब्यूरो नेपालगञ्जले प्राप्त गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार राति नेपालगञ्ज–१२ कोरियनपुरस्थित तीनतले घरबाट भारतको बहराइच जिल्ला कोतवाली नानपारा बाइपासका २८ वर्षीय सलमान खान, भारत लखनऊ कोतवाली घर भएका २८ वर्षीय मुस्तकिम र नेपालगञ्ज–११ टाँगास्टेशन निवासी २१ वर्षीय आजाद कबडियालाई सो ब्राउन सुगरसहित नियन्त्रणमा लिएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।

उनका अनुसार छापा मार्दा कोठाबाट लागुऔषध तौल गर्ने डिजिटल तराजुसमेत बरामद भएको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान शुरु गरेको छ । (रासस)

ADD Khali jpg
ADD Khali jpg
Loading...