कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार १ जना प्रतिबादी पक्राउ

Dadhaldhura pur

धनगढी- कैलालीमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका १ जना प्रतिबादी पक्राउ परेका छन् । कैलालीको लम्की–चुहा नगरपालिका–३ ब्यबस्थितनगर बस्ने ५४ वर्षीय लालमनि तिमिल्सेना बुधवार पक्राउ परेका हुन् । उच्च अदालत दिपायलको मिति २०८० पुस २४ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद र १ लाख जरिवाना तोकेपछि तिमिल्सेना फरार रहेका थिए ।

Ganyapdhura gau

तिमिल्सेनालाई घरबाट प्रहरी सहायक निरीक्षक ताराबहादुर ठकुल्लाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरी कैद सजायका लागि जिल्ला अदालत कैलालामा बुझाईएको प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कबिन्द्र बहादुर बोहराले जानकारी दिए ।

Couple
Loading...