कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार १ जना प्रतिबादी पक्राउ

धनगढी- कैलालीमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका १ जना प्रतिबादी पक्राउ परेका छन् । कैलालीको लम्की–चुहा नगरपालिका–३ ब्यबस्थितनगर बस्ने ५४ वर्षीय लालमनि तिमिल्सेना बुधवार पक्राउ परेका हुन् । उच्च अदालत दिपायलको मिति २०८० पुस २४ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद र १ लाख जरिवाना तोकेपछि तिमिल्सेना फरार रहेका थिए ।

तिमिल्सेनालाई घरबाट प्रहरी सहायक निरीक्षक ताराबहादुर ठकुल्लाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरी कैद सजायका लागि जिल्ला अदालत कैलालामा बुझाईएको प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कबिन्द्र बहादुर बोहराले जानकारी दिए ।

Loading...