Satyawati
Division ban Pahalmanpur

अत्तरियामा टेलरले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका-३ चौकीडाँडामा टेलरले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका छन् । महेन्द्नरगर तर्फ गइरहेको म १ क ३९८ नम्बरको टेलरले विपरीत दिशातर्फ आउँदै गरेको सुपप्र ०१ ग ०१२ प २५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

Malpot office dadeldhura

दुर्घटनामा गौरीगंगा नगरपालिका ३ का ३३ वर्षीय मोटरसाइकल चालक दशरथ चौधरी, पछाडि सवार शुक्लाफाँटा नगरपालिका-१ बस्ने फूलमती चौधरी र तीन वर्षीय लोकेश चौधरी घाइते भएका इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ ।

उनीहरु तीनै जनाको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए । उनका अनुसार दुर्घटनापछि टेलर चालक फरार रहेकोमा शंकास्पद एक जनालाई नियन्त्रणमा लिइएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...