Division ban Pahalmanpur

बझाङमा पेस्तोल पड्कीदा एक प्रहरी घाइते

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- बझाङमा एक प्रहरीले पेस्तोल पड्काएका छन् । जिल्ला प्रहरी कार्यालय, बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक भरत शाहले वडा प्रहरी कार्यालयका इन्चार्ज मोहन सिंह रावलले पेस्तोल पड्काएको बताए ।

Malpot office dadeldhura

इन्चार्ज रावललाई निलम्बन गरिएको छ। हतियार चेकजाँच गर्दा उनको हातबाट पेस्तोल पड्किएको हो । बझाङमा भैरहेको प्रदेश सभा सदस्यको उपनिर्वाचनको सुरक्षा व्यवस्थाको तयारी गर्ने क्रममा सोमवार असई रावलले हतियार चेकजाँच गर्दैगर्दा पड्किएको हो ।

एक प्रहरी जवानलाई चोट लागेको छ। बन्दुकबाट निस्केको गोली उछिट्टिएर लाग्द जवान पुदल सिंह रानालाई चोट लागेको हो । उनको खुट्टामा चोट लागेको छ । उनले असई रावललाई हतियार बुझाएपछि पड्किएको थियो । अहिले उनको उपचार भैरहेको बताइएको छ । बैशाख १५ गते बझाङमा हुने उपनिर्वाचनका लागि जिल्ला सहित प्रदेशबाट समेत प्रहरी खटाइएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...