Satyawati
Division ban Pahalmanpur

कैलालीको धनगढीमा ग्रामीण सडकमा धमाधम ग्राभेल हुँदै

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- कैलालीको धनगढीमा ग्रामीण सडकमा धमाधम ग्राभेल गर्ने काम भइरहेको छ । धनगढी उपमहानगरपालिकाले ग्रामीण सडकलाई प्राथमिकतामा राखेर ग्राभेल गर्न थालेको हो । उपमहानगरले वडा नम्बर १ देखि वडा नम्बर १९ सम्मै सडक ग्राभेल गर्दै आएको छ । पहिचान भएका सडकमा ग्राभेल गर्ने काम नियमित रुपमा भइरहेको उपमहानगरपालिकाले जनाएको छ । एक पटक पनि ग्राभेल नभएका सडकलाई प्राथमिकतामा राखेर काम भइरहेको हो ।

Malpot office dadeldhura

धनगढीमा एक पटक पनि ग्राभेल नभएका सडकको संख्या धेरै देखिएपछि सोही अनुसार काम भइरहेको उपमहानगरपालिकाले बताएको छ । साथै स्थानीयको मागको आधारमा सडक ग्राभेल गर्ने काम जारी छ । धेरै सडकहरुको ग्राभेल गर्ने काम भइसकेको छ । यस्तो कार्य नियमित रुपमा जारी रहने उपमहानगरको भनाइ छ । उपमहानगरले आफ्नै स्रोत र साधनको प्रयोग गरेर  ग्रामीण एवं सहरी सडक ग्राभेल गर्ने काम गर्दै आएको छ ।

पहिले ग्राभेल गरेर त्यसपछि कालोपत्र गर्ने योजना उपमहानगरको छ। स्थानीयको आवश्यकतालाई पहिचान गरेर सोही अनुसार सडक ग्राभेल र कालोपत्र गर्ने काम भइरहेको हो । उपमहानगरले धनगढी भित्र रहेका पक्की, कञ्ची र एक पटक पनि ग्राभेल नभएका सडकको विवरण नै संकलन गरेर सोही अनुसार काम भइरहेको बताइएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...