कैलालीमा बिभिन्न मुद्दामा फरार तीन प्रतिबादी पक्राउ

धनगढी- कैलालीमा बिभिन्न मुद्दामा फरार रहेका तीन जना प्रतिबादी पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीबाट दोषी ठहर तर फरार रहेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमवार नियन्त्रणमा लिएको हो ।

udhok dadeldhura

पक्राउ पर्नेमा बिना ईजाजत वन पैदावार ओसार पसार मुद्दामा १२ महिना कैद सजाय र ४ हजार ९४८ जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–११ बस्ने ३० वर्षीय सन्तरी राना छन् । 

त्यस्तै चोरी मुद्दामा ६ महिना कैद सजाय र ५ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–१५ बस्ने ३० वर्षीय पद्दुलाल चौधरी र वन सम्बन्धी मुद्दामा १ लाख ४५ हजार जरिवाना ठहर भएका भजनी नगरपालिका–८ बस्ने वर्षीय ३२ रमेश चौधरी रहेका छन् ।

दोषी ठहर भएका तीनै जनालाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्र सिंह बोहराले बताए ।

Loading...