धनगढी- धनगढी उपमहानगरपालिका १२ बाट दुई किशोर लागूऔषधसहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१२ पटरीघाटबाट ५ ग्राम ४३० मिलिग्राम अवैध लागूऔषध (खैरो हेरोईन) सहित धनगढी उपमहानगरपालिका–८ बस्ने १८ वर्षीय किशोर र धनगढी उपमहानगरपालिका–३ बस्ने १८ वर्षीय किशोर गरि दुई जनालाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट जुगेडा बाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी उनीहरूले प्रयोग गरेको मोटरसाइकल १ थान र उक्त पदार्थसहित दुवैलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।