क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गोदावरीको संगठन सुद्रिढिकरण तथा विस्तार अभियान मालिका टोलमा सम्पन्न 

अत्तरिया- क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गोदावरी नगर कमिटी कैलालीको संगठन सुद्रीढिकरण तथा विस्तार अभियान सञ्चालन गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी गोदावरी नगरपालिका वडा नं. ३ मालिका टोलमा सम्पन्न गरिएको हो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका गोदावरी नगर सचिव कमरेड राम भाटको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा पार्टी कै केन्द्रीय सदस्य कमरेड दिनेश थापा समुद्र प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथि क्रान्तिकारी पार्टीका केन्द्रीय सदस्य तथा नगर इन्चार्ज टंक कोइराला रहेका थिए । अतिथिहरूमा आदिवासी जनजाति कैलालीका जिल्ला संयोजक कमरेड नारायण राना, अखिल नेपाल महिला संगठन क्रान्तिकारीकी केन्द्रीय सदस्य मिना कडाल, जिल्ला सदस्य तारा बिक, जलु दमाई, वैज्ञानिक रूपान्तरणका लक्ष्मी भट्ट, जिल्ला सदस्य कलु बिक लगायत थिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समुद्रले हामीहरू ५२ सालको जनयुद्धमा लाग्यौ उत्पीडितको पक्ष्यमा पार्टी थियो नै तर केही उपलब्धीहरू भए पनि सर्वहारा वर्ग प्रति धोका दिँदै मूल नेतृत्व संसदीय भाँसमा डुब्यो । सर्वहारा वर्गको जनसेना जनसत्ता जन अदालत आदिको विसर्जन गरियो । बाबुराम र प्रचण्डलाई छोड्दै क्रान्तिलाई नछोड्ने विचारका साथ कमरेड मोहन वैद्य किरणको नेतृत्वमा अगाडि बढिरहेका छौ अहिले पुरुष तथा युवाहरू विदेशमा वा छिमेकी भारतमा छन् । वृद्ध र महिलाहरू मात्र देशमा छन् । महिलाहरू राज्यका प्रमुख नेतृत्वमा पुगिसकेका छन् । सत्ताधारीहरू राष्ट्र विरुद्ध असमान सन्धि गरिरहेका छन् अझै गर्ने वाला छन् । यहाँका सरकारी निकाय तथा संस्था प्रति सबैले निगरानी गर्नु पर्ने देखिन्छ जनताको लागि हामीहरू तयार हुनेछौं हाम्रो संगठनले पनि जनवादी भएर काम गर्नेछ हामीहरूले वडा कमिटी गठन गरेर जनताका वडा स्तरीय समस्याहरू हल गर्ने बताए ।

विशिष्ट अतिथि कमरेड टंक कोइरालाले गोदावरी नगर पालिकाले सुकुम्बासी समस्या हल नगरेको संसद वादीहरूको मिसन ८४ अगावै हामीहरूले केही गर्ने छौं । जनताहरूले आफ्ना समस्याहरू पार्टीमा राखेर निराकरणको लागी एक जुट हुनु पर्ने देखिएको छ । राजाले देश बचाएको इतिहास छैन। राजतन्त्र त दरबार हत्याकाण्डमै सिद्धियो । जनताहरूका गाँसबास कपास शिक्षा स्वास्थ्य र रोजगारका एजेन्डाहरू पार्टीले बोकेको छ । हाम्रो पार्टीले २०७४ देखि नै संसदीय व्यवस्था विरुद्ध आवाज उठाइ रहेको छ भगवान आमाबुवा हुन् तर हामीहरू ढुङ्गा पुज्छौ । चन्द्रमा पुज्छौ शिव राम कृष्ण नमान्ने अमेरिकीहरू चन्द्रमामा बस्ती बसाल्न लागिसके बताउँदै धर्मको नाममा विदेशीहरू नेपाल छिरि रहेका समेत बताए । निर्मला पन्त र भागरती भट्टका हत्याराहरूको पत्तै छैन । त्यसैले सबै न्यायप्रेमी जनताहरूले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा आबद्ध हुनु पर्ने बताए ।

कार्यक्रममा वडा नम्बर ३ को २३ सदस्यीय वडा कमिटी गठन गरियो । अध्यक्ष लाली तीखातरी, सदस्यहरू मिना नेपाली, गंगा तिवारी, सरु विक, गोलमा ताम्राकार, वसन्ती तिखातरी, बाटु बिक, गोलमा ताम्राकार, काली बिक, मनि तिखातरी, सुनिता ताम्राकार, मुना विक, मन्जु बिक, मन्दरी नेपाली, गौरी कामी, नारु विक, पशुपति नेपाली, जुन तिखातरी, भून्टि बिक, सिरु कामी, देउसरा सुनार, कलापति बिक र हिरा ताम्रकारको कमिटी गठन गरिएको छ ।

Loading...