


धनगढी- कैलालीको धनगढी सहिद गेटबाट मोटरसाइकल चोरी भएको छ । धनगढी उपमहानगरपालिका–४ चटकपुर सहिद गेटको एम कलर सेन्टरको अगाडी राखेको निरज चौधरीको सुदूरपश्चिम प्रदेश ०१०१० प ७९७८ नम्बरको २०० सिसि एनएस बल्याक र ग्रे कलरको मोटरसाइकल आइतबार राति १ बजे देखि २ बजेको बिचमा चोरी भएको हो ।


चोरी गर्ने दुई जना व्यक्ति आरोन फाइभ भी थ्री मोडेलको मोटरसाइकलमा आएर चोरी गरिएको सो क्षेत्रमा लगाएको सिसिटीभी फुटेजमा देखिएको छ । मोटरसाइकलको खोजीका लागि आजै प्रहरीमा निवेदन समेत दिएको निरजले बताए । कसैले देखे वा भेटेमा ९८२५६४६१६१ नम्बरमा तथा प्रहरीमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।



