

हरिश चन्द/ डडेल्धुरा १० बैशाख- डडेल्धुराको भागेश्वर गाउँपालिकाको मुख्य सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । जिल्ला सदरमुकामको अमरगढी नगरपालिकासँग जोडिएको बगरकोट-सिराड-रुपाल सडकको बिरादे-बगरकोट-सिराड खण्ड कालोपत्रे काम अषाढ सम्म कालोपत्र सम्पन्न हुने भएको हो ।



सडकको पर्खाल, नाली, कल्भर्टलगायतका पूर्वाधार निर्माण गरी अहिले कालोपत्रको काम अन्तिममा पुगेको र केही दिनमा सम्पन्न हुने पूर्वाधार विकास कार्यालयका प्रमुख निरज रावले जानकारी दिनु भयो । उहाँले ८० प्रतिशत भौतिक प्रगति भइसकेको जानकारी दिए । सडक ग्रेडिङ गरी सब-बेसको काम पूरा भई सकेको प्रमुख रावलको जानकारी दिनु भयो ।


सडक खण्ड कालोपत्रे गर्नका लागि महादेव खिम्ति, शनिदेव निर्माण सेवा सँग २०७६ असार ३० गते ठेक्का सम्झौता भएको थियो । २० करोड ७२ लाख लागतमा २०७९ पुस ३० गते काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको भौतिक पूर्वाधार विकास कार्यालय जनाएको छ । सम्झौताअनुसार कालोपत्रेको काम सम्पन्न नभएपछि दुई पटकका लागि म्याद पनि थपिएको थियो । उक्त सडकखण्डमा कालो पत्रै गर्नेका अषाढमा सम्पन्न गर्ने गरि काम भई रहेको छ । ८ किलोमिटर रहेको उक्त सडक हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको शनिदेव निर्माण सेवाका प्रो. देबि दत्त भट्टले जानकारी दिनु भयो ।
जिल्ला सदरमुकाम बागबजारदेखि भारतको सीमा जोडिएको महाकाली किनारको रुपालको गर्ग क्षेत्रलाई यस सडकले जोड्छ । भागेश्वर गाउँपालिका-४ को बगारबोटबाट यस सडकसँग वडा नं.३ को बोगटा, अजयमेरु गाउँपालिका- ३, ४ र ५ नं वडा जाने सडक जोडिनुका साथै बैतडीको तल्लो स्वराड क्षेत्रको शिवनाथ र मेलौली पालिका समेत जोडिएको छ । सडक कालोपत्रे भएपछि भागेश्वर, अजयमेरु गाउँपालिकाका साथै बैतडीको शिवनाथ, मेलौलीका पालिकावासीलाई डडेल्धुरा जिल्ला सदरमुकामसँगै तराईका जिल्ला कैलाली, कञ्चनपुर आउत जाउत गर्न सजिलो हुने छ ।

