दशरथ चन्द राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र



अत्तरिया- कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आज (आइतबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई ज्ञापन पत्र बुझाएको छ । समितीका संयोजक लोकराज पाण्डे आगो सहितको टोलीले प्रधानमन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाएको हो ।


सुदूरपश्चिम विश्वविद्यालयको चौँथो दीक्षान्त समारोहको लागी यँहा आएका प्रधानमन्त्री समक्ष चिकित्सा विज्ञान विश्वविद्यालय छिटो सन्चालन हुनु पर्ने लगायतका मागहरु राखिएको संयोजक पाण्डेले बताए । संघर्ष समितिले बिगत लामो समय देखी विश्वविद्यालयको माग गर्दै आन्दोलन गर्दै आएको थियो ।

