Satyawati
Division ban Pahalmanpur

कैलालीका सिमा क्षेत्रमा सशस्त्र प्रहरीको गस्ती शुरु

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- कैलाली जिल्लाको सिमा क्षेत्रमा सशस्त्र प्रहरीले गस्ती शुरु गरेको छ । जिल्लाको १०१ किलोमिटर खुला सिमा क्षेत्रमा सशस्त्र प्रहरीले गस्ती शुरु गरेको छ । जिल्लाका सिमा क्षेत्रमा आपराधिक क्रियाकलाप बढ्न थालेपछि सशस्त्र प्रहरीले गस्ती शुरु गरेको जनाएको छ । ७ दिनसम्म चल्ने प्रदल गस्तीमा सीमा क्षेत्रका सर्वसाधारणलाई सीमामा हुने अपराधका बारेमा जनचेतना पनि दिइने सशस्त्र प्रहरीले जनाएको छ । जिल्लाको १०१ किलोमिटर सिमानामा गस्तीका लागी धनगढी उपमहानगरपालिका वडा नम्बर २ देखी शुरु गरिएको हो ।

Malpot office dadeldhura

धनगढी देखी टीकापुर नगरपालिकाको श्रीलंका टापुसम्मको १०१ किलोमिटर लामो सीमा क्षेत्रमा सशस्त्र प्रहरीले स्पेसल टोली सहितको पैदल गस्ती सुरु गरेको हो । गस्ती टोलीले सीमामा हुने अपराध, त्यसबाट बच्ने उपाय, लागूपदार्थको ओसारपसार र त्यसले नेपाली युवाहरु लाई पार्ने प्रभाव, दैवी प्रकोप र त्यसबाट बच्ने उपायका बारेमा सर्वसाधारण सँग अन्तरक्रिया गर्ने छ ।

‘हामीले सीमामा हुने आपराधिक क्रियाकलाप रोक्न, चोरी तस्करी रोक्न, लागूऔषधको कारोबार रोक्न र दैवी प्रकोपबाट सीमा क्षेत्रका जनतालाई बच्ने उपाय सिकाउनका लागि स्पेसल पैदल गस्ती सुरु गरेका हौं’ सशस्त्र प्रहरी गण नम्बर ३४ हेडक्वार्टर कैलालीका एसपी दलबहादुर पाण्डेले भने । सशस्त्र प्रहरीले प्रहरी निरीक्षक पुस्कर बहादुर बमको कमाण्डमा ३५ जनाको हतियार सहितको टोली पैदल गस्तीमा पठाएको हो । उनीहरूले १०१ किलोमिटर लामो सीमा क्षेत्र ७ दिनमा सक्नेछन् । सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी रोक्ने, आगलागी जस्ता विपदमा सहयोग गर्ने र जनचेतना फैलाउने काय यस टोलीले गर्नेछ ।

‘कैलालीको त्रिनगर देखि टीकापुरको श्रीलंका टापु सम्म हाम्रो गस्ती रहने छ । गस्ती टोलीले सीमा क्षेत्रमा सबै पक्षसँग समन्वय गरेर कार्यक्रम गर्ने, सीमाको रक्षा र सुरक्षाका उपायहरू बताउने कार्यहरू पनि गर्नेछ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...