

अत्तरिया- एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अत्तरिया उपशाखाले बिमितलाई २० लाख रकमको चेक हस्तान्तरण गरेको छ । शनिबार गोदावरी नगरपालिका अत्तरिया उपशाखा कम्पनीले घरदैलो घातक रोग दावी भुक्तानी कार्यक्रमको आयोजना गरी २० लाख बीमाङ्क बराबर रकमको चेक हस्तान्तरण गरेको हो । गोदावरी नगरपालिका वडा नं १ अत्तरिया निवासी बीमित नर बहादुर राईलाई २० लाख बीमाङ्क बराबर रकमको चेक हस्तान्तरण गरेको छ ।



उक्त चेक बिमित राईलाई उनकै घर अगाडि सृजनशिल युवा क्लवको खेलमैदानमा कम्पनीले आयोजना गरिएको कार्यक्रममा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेशका प्रमुख गणेश बहादुर साउँद र अत्तरिया उपशाखा कार्यालय प्रमुख डम्मरा कुमारी दियाकोटीले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।


बीमित राईलाई बिमा सुरक्षा बाफत एशियन लाईफ इन्स्योरेन्स कम्पनी अत्तरियाबाट २० लाखको बीमा लाभ प्रदान गरेको साथै कम्पनीले १८ वटा घातक रोग विरुद्धको रक्षावरण अन्तर्गत सो रकम निजलाइ हृदयघात भए पछी उपचार पश्चात् कम्पनीको नियमानुसार विमा राहत वाफत रकम कम्पनीले प्रदान गरेको अत्तरिया उपशाखा कार्यालय प्रमुख डम्मरा कुमारी दियाकोटीले जानकारी दिईन् ।
यस्तै एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बरिष्ठ अभिकर्ता अत्तरिया निवासी डल्लुराना मगर मार्फत करिब साढे तिन वर्ष अघि बीमित नर बहादुर राईले बीमा गरेको साथै राईलाई विमा लाभ रकम २० लाखको क्रिटिकल केयर दावी भुक्तानी अन्तर्गत उक्त चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

