कञ्चनपुरबाट एक फरार प्रतिबादी पक्राउ

कञ्चनपुर- कञ्चनपुर प्रहरीले सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सवारी ज्यान मुद्दामा २ महिना ८ दिन कैद सजाय र ७० हजार जरिवाना ठहर भई फरार रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–६ सुकासाल बस्ने ५१ वर्षीय करन चन्दलाई शुक्रवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

जिल्ला अदालत कञ्चनपुरले २०८० माघ ८ गते चन्दलाई फैसला सुनाएपछि उनी फरार रहेका थिए । उनलाई पक्राउ गरी सजाय भुक्तानका लागि अदालतमा पेस गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश राज जोशीले बताए ।

Loading...