एक होटलभित्र आगलागी

बैतडी- बैतडीमा एक होटलभित्र आगलागी भएको छ । सुर्नया गाउँपालिका–२ सतबाँज स्थित करन पाण्डेले सञ्चालन गरेको आमाको खाजा घर होटलको भुई तलामा रहेको कोठामा बिजुलीको तार सर्ट भएर शुक्रवार राति आगलागी भएको हो ।

udhok dadeldhura

आगलागी हुँदा कोठा भित्र रहेका फर्निचर, लत्ताकपडा लगायतका सामान गरि अन्दाजी ६० हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...