Satyawati
Division ban Pahalmanpur

सुदूरपश्चिम प्रदेशको बजेट खर्च निराशाजनक

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- सुदूरपश्चिम प्रदेशको चालू आर्थिक बर्ष २०८०\०८१ बजेटको खर्च अवस्था निराशाजनक छ । दलहरु सरकार बनाउने र गिराउने खेलमै अल्झिरहदा विकास बजेट कार्यान्वयनको अवस्था निराशाजनक देखिएको हो । गत आर्थिक वर्ष २०७९\०८० मा १८ अर्वको विकास बजेटमा चैत मसान्तसम्म सवा ५ अर्व अथवा २९ प्रतिशत बजेट खर्च भएकोमा यसवर्ष पनि चैत मसान्त सम्म २९ प्रतिशत नै विकास बजेट खर्च भएको छ ।

चालु आर्थिक वर्ष २०८०\८१ को १२ अर्वको बजेटमा ३ अर्व ९६ करोड रकम खर्च भएको छ । प्रदेश कोष लेखा नियन्त्रकको कार्यालयले दिएको तथ्यांक अनुसार चैतको मसान्तसम्म ७३ प्रतिशत विकास बजेट खर्च हुनै बाँकी छ । तुलनात्मक रुपमा भन्ने हो भने सुदूरपश्चिम प्रदेश सरकारको दोस्रो कार्यकाल पहिलो कार्यकाल भन्दा झन बढी निराशाजनक देखिएको छ । पहिलो कार्यकालमा कर्मचारीको अभाव, मातहतका अड्डाहरुको अभाव, अनुभवको अभावका बाबजुद पनि प्रदेशको बजेट खर्चको अवस्था ठिकठिकै थियो । तर दोस्रो कार्यकाल खर्चको अवस्थामा सुधार आउने अपेक्षा गरिएपनि त्यो झन निराशाजनक भएको छ ।

Malpot office dadeldhura

सबैभन्दा बढी विकास बजेट रहेको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको अवस्था अझ दयनीय देखिएको छ । पूर्वाधार विकास मन्त्रालयको नेतृत्व काँग्रेसका युवा नेता प्रकाश देउवाले गरेका थिए । उनको कार्यकालमा पनि खर्चको अवस्था विगत भन्दा बढ्न सकेन । गत आर्थिक वर्ष वर्षको भन्दा यसवर्ष विकास खर्चको अवस्थामा सुधार आउने आशा गरिएकोमा यसवर्ष पनि कुनै सुधार नभएपछि प्रदेश बासीमा निरासा छाएको छ ।

भौतिक पूर्वाधार मन्त्रालय पछि, बढी पूँजीगत बजेट रहेको सामाजिक विकास मन्त्रालयमा पनि १ अर्व ४३ करोडको पूँजीगत बजेटमा ४१ करोड अथवा ४२ प्रतिशत रकम मात्रै खर्च भएको छ । सामाजिक विकास मन्त्रालयमा पनि ३ महिनामा ५८ प्रतिशत विकास बजेट खर्च गर्नुपर्ने देखिएको छ । सबैभन्दा कम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ९८ करोडको पूँजीगत बजेटमा १ प्रतिशत अथवा १२ करोड मात्रै खर्च गरेको छ । आर्थिक मामिला मन्त्रालयले १४ करोडको पूँजीगत बजेटमा ९ लाख (६ प्रतिशत), उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयले ७० करोडमा १७ करोड (२५ प्रतिशत) पुँजीगत बजेट खर्च गरेको छ ।

भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कुल ४१ करोडको पूँजीगत बजेटमा ६ करोड (१४ प्रतिशत) रकम खर्च गरेको छ । आन्तरिक तथा कानून मन्त्रालयले कुल पूँजीगत बजेट २४ करोडमा ८ करोड (३२ प्रतिशत) रकम खर्च गरेको छ । प्रदेश सरकारले चालुतर्फ भने ३७ प्रतिशत रकम खर्च गरेको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...