अत्तरिया- कैलालीको गोदावरी नगरपालिका अत्तरियामा बोलेरो जिपले ठक्कर दिँदा पत्रकार सकुन्तला साउँद घाइते भएकी छन् । इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार तेघरी स्थित भीमदत्त राजमार्गमा साउँद सवार सुदूरपश्चिम प्रदेश ०१०११ प ९१२९ नम्बरको स्कुटीलाई बोलेरो जिपले पछाडिबाट ठक्कर दिएको हो ।
साउँदलाई ठक्कर दिने जिप फरार रहेको र संकास्पद जिपहरुलाई नियन्त्रणमा लिइ अनुसन्धान भइ रहेकोे इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । साउँदको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । जिपको ठक्करबाट उनको दायाँ हात भाँच्चिएको छ । उनी अत्तरियास्थित टिभी टुडेमा कार्यरत छन् ।