अत्तरिया- कैलालीको गोदावरी नगरपालिका अत्तरियामा कोहिनूर दोहोरी साँझ सन्चालनमा आएको छ । बुधबार एक औपचारिक कार्यक्रमका बीच विधीबद्ध रूपमा उक्त दोहरी साँझ अत्तरियाको महेन्द्रनगर रोडमा सञ्चालनमा ल्याएको हो।
उक्त दोहोरी साँझको चर्चित गायक तथा मोडल चक्र बम , देउडा गायक लाल बहादुर धामी (अछामी बड्डो), गोदावरी होटल व्यवसायी संघका अध्यक्ष लक्ष्मण धामी, अत्तरिया उद्योग बाणिज्य संघका महासचिब शंकर खड्का लगायतको टिम संयुक्त रूपमा उद्घाटन गरिएको थियो ।
गोदावरी नगपरपालिमा वडा नं. ७ लालपुर निवासी युवा व्यवसायी हरीश बमले २५ लाखको लगानीमा उक्त दोहरी साँझ सञ्चालनमा ल्याइएको बताए ।
सञ्चालक बमले व्यवसायी रूपमा सञ्चालनमा मात्र नभई विभिन्न संस्कृति , कला जोगाउनका साथ साथै दिन भरीको थकानलाई सांगीतिक रूपमा विश्राम दिलाउने उद्देश्यले सञ्चालनमा ल्याएको बताए ।
उनले संगीत सँग संगै यस क्षेत्रका संस्कृती , भाषा र कलालाई संरक्षण गर्नको निम्ति हरेक दिन स्थानीय कलाकारहरुद्वारा लोक सांगीतिक प्रस्तुती रहनुका साथै पारिवारीक वातावरणकाे अनुभुती गर्न सक्ने बाताबरण रहेको समेत बताए ।
यस दोहोरी साँझले स्थानिय कलाकारहरुलाई प्राथमिकता दिई रोजगारको अवसर प्रदान गर्दै आइरहेको बताए ।
यस्तै उद्घाटन समारोहमा देउडा गीत मार्फत सबैको मनमा बस्न सफल भएका लाल बहादुर धामी (अछामी बड्डो) ले दोहोरी साँझलाई मौलिक परम्परागत रूपमा अगाडि बढाउन शुभकामाना व्यक्त गर्दै दोहोरी साँझ दारु खाने अड्डा मात्र नभएर कयौ स्थानीय कलाकारहरु उत्पादित क्षेत्र रहेको बताए ।
यस्तै समारोहमा बोल्दै चक्र बमले दोहोरी साँझ भनेको कलाकारहरुको नर्सरी कक्षा जस्तै रहेकाे बताए । यस्तो प्लेटफर्म देखि विभिन्न राष्ट्रिय कलाकारहरुको जन्म भएको समेत बताए । हाम्रो नजिक कै देश भारत देखि लिएर विदेशीहरू लोक गीतको पारखि रहेको र यस्ता लोक गीत सुन्न मनोरञ्जन गर्न टाढा टाढा बाट धाउने गरेको पाइन्छ । उनले वास्तविक कलाकारहरुको दोहोरी साँझ भबिस्य उजागर गर्ने क्षेत्र हो त्यसैले दोहोरी साँझलाई गलत नजरले नहेरी दिन हुन उनले आग्रह समेत गरेका हुन ।
लोक संस्कृतिक कलाकारहरु ,संगीत प्रेमी लगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थित रहेको उक्त कार्यक्रममा कलाकारहरुले आ-आफ्नो प्रस्तुती समेत राखेका थिए ।