Satyawati
Division ban Pahalmanpur

अत्तरियामा आठ वटा मोटरसाइकल नियन्त्रणमा

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

अत्तरिया- कैलालीको अत्तरियामा प्रहरीले आठ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । अवैध सामान ढुवानी गर्न प्रयोग भएका ती मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो । साथै अवैध सामान आयातमा संलग्न ७ जना भागेको भए पनि एक जना भने पक्राउ परेका छन् । गोदावरी नगरपालिका–१ धनगढी रोडबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का ४० वर्षीय रामअवतार राना पक्राउ परेका हुन् ।

उनलाई मोटरसाइकल र करिब पाँच लाख ५४ हजार पाँच सय मूल्यको अवैध सामानसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । प्रहरीका अनुसार ११ सय किलोग्राम प्याज र आठवटा मोटरसाइकलसहित रानालाई मंगलबार बिहान पक्राउ गरिएको छ । उनीसँगै अन्य ७ जना भने भागेका छन् । उनीहरुले प्रयोग गर्ने सातवटा मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। मोटरसाइकलसहित बरामद गरिएका सामान भन्सार कार्यालय पठाइने तयारी छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...