दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय

धनगढी- नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घबहादुर सोडारीलाई अघि सार्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश संसदीय दलको बैठकले दल नेता समेत रहेका सोडारीलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको उपनेता प्रकाश रावलले जानकारी दिए ।

एकीकृत समाजवादका स्थायी सदस्य उर्वादत्त पन्तको उपस्थितमा बसेको बैठकले उक्त निर्णय गरेको हो । प्रदेश प्रमुख नजिर मियाँले २३ चैतमा १० दिनको समय दिएर संविधानको धारा १६८ को (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए ।

Navadurga sun

२ बैशाखमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी गरेका थिए तर प्रदेश प्रमुखले नाउपाका दुई जना प्रदेश सभा सदस्यको दाबीका कारण निष्कर्षमा पुग्न नसकेको भन्दै मंगलबार फेरी दुई दिनको समय दिएर संविधानको धारा १६८ (२) अनुसार दाबी पेश गर्न आह्वान गरेका छन् ।

नाउपाका संरक्षक रेशम चौधरी पक्षका लक्ष्मण किशोरले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा दाबी पेश गरेका थिए भने अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाशले एमाले र माओवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । तर एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीले मंगलबार प्रदेश प्रमुखलाई पत्र बुझाएर लक्ष्मण किशोरलाई समर्थन नरहेको बताएका थिए ।

एकीकृत समाजवादीले एमाले माओवादी गठबन्धनमा सुदूरपश्चिममा मुख्यमन्त्री पाउने सहमति भएपनि तोडिएको भन्दै सोडारीले लक्ष्मण किशोरलाई समर्थन गरेका थिए तर मंगलबार गठबन्धनको शीर्ष तहमा समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...