गोदावरी -११ मा नव निर्मित मष्टा वण्डाली मन्दिरको प्राण प्रतिष्ठा तथा उद्घघाटन

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं ११ मा रहेको नव निर्मित मष्टा वण्डाली पोखरेल मन्दिरको गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले एक विशेष कार्यक्रमका बिच पानसमा बत्ती बालेर र रिबन काटी उद्घाटन गरेका छन् । गोदावरी नगरपालिकाको १२ लाख ५० हजार आर्थिक सहयोगमा नव निर्मित मन्दिरको प्राण प्रतिष्ठा सहित समुद्घाटन भएको छ ।

मन्दिर उद्घाटन कार्यक्रममा गोदावरी नगरपालिका वडा नं १२ का वडा अध्यक्ष भीम बहादुर खड्का, वडा नं ११ का वडा अध्यक्ष प्रेम सिंह बडैला, वडा सदस्य कुमार सिंह बडैला, समाजसेवी, बुद्धजीवी, धार्मिक व्यक्तित्व लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

यस क्षेत्रमा धार्मिक रूपले ५० सौं वर्ष देखि मेला पर्व सँगै सबैको आस्थाका साथ पूजाआजा गरिदै आएकोले यस मठ मन्दिरलाई व्यवस्थित पार्न गोदावरी नगरपालिका वडा न. ११ र १२ का वडा अध्यक्षहरूको विशेष पहलमा यस मन्दिरमा योजना पार्न सफल भएको बताएका छन । स्थानीय रुपमा चिनिदैपुजिदै आएको मन्दिरलाई व्यवस्थापन सँगै सबैलाई धर्ममा आस्था र विश्वास चल्दै आएको जानकारी वडा न ११ का वडा अध्यक्ष प्रेम सिंह बडैलाले जानकारी दिएका छन ।

उद्घाटन कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले यस ग्वासी समैजीको भूमीमा धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकासमा लैजाने हाम्रो परिकल्पनालाई तपाईहरुको साथले एक दिन अवश्य विकासमा फड्को मार्ने बताएका छन ।  यस ओलानी क्षेत्रमा अनेकन समस्या सँग सँगै सबै विकास पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य सहित हामी सबै धर्म सँगै कर्ममा विश्वास गर्ने हामी सबैलाई  मार्गदर्शनका लागि अगाढी बढ्नका लागि यस मन्दिरले शक्ति प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताएका छन ।

चैते दशैँलाई मध्यनजर गर्दै आज उद्घाटन गरिएको यस मन्दिरमा दर्शन गर्नाले मनोकामना पुरा हुने विश्वास रहिआएको स्थानीयहरुले बताएका छन ।
मष्टा वण्डाली पोखरेल सेवा समिति ओलानीको आयोजनामा संचालित कार्यक्रममा स्वागत मन्तव्य पदम वडैलाले गरेका थिए भने कार्यक्रमको संचालन जंग बहादुर बडैलाले गरेका थिए ।

Loading...