

धनगढी- धनगढी उपमहानगरपालिकाले एकै पटक ८४ जना शिक्षकहरुको सरुवा गरेको छ । बैशाख २ गतेको निर्णय अनुसार प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका ८४ जना शिक्षकको सरुवा गरिएको हो । शिक्षा, युवा तथा खेलकुद महाशाखाले प्राथमिक तहका स्थायी ४० जना, राहत २३ जना र निम्न माध्यमिक तहका ११ जना शिक्षकको सरुवा गरेको विवरण प्रकाशित गरेको छ ।




त्यस्तै शिक्षा महाशाखाले माध्यमिक तहका १० जना शिक्षकको पनि सरुवा गरेको हो । धनगढीमा गत वर्ष पनि शिक्षकहरूको सरुवा गरिएको थियो । यो वर्ष पनि विषय मिलान गर्न सरुवा गरिएको शिक्षा महाशाखाले जनाएको छ ।



