सुदूरपश्चिममा केन्द्रको सहमति अनुसार नै सरकार बन्छ : एमाले

Dadeldhura hospital

काठमाडौँ- नेकपा (एमाले) ले सुदूरपश्चिममा केन्द्रको सहमति अनुसार नै सरकार गठन हुने बताएको छ । एमाले उपमहा सचिव प्रदीप ज्ञवालीले केन्द्रीय सत्ता सहकार्य अनुसार नै सुदूरपश्चिममा सरकार गठन हुने दाबी गरेका हुन् । सचिवालय बैठकको निणर्य सुनाउँदै ज्ञवालीले नागरिक उन्मुक्ति पार्टीको विवादका कारण केही समस्या भएको पनि बताए ।

Ganyapdhura gau

‘केन्द्रमा जुन सहकार्य भएको छ । त्यही अनुरूपकै सरकार सुदूरमा पनि बन्छ’, ज्ञवालीले भने, ‘एकीकृत समाजवादीको दलको नेताले केन्द्रको सहमति विपरीत पत्र दिएको भए पनि केन्द्रका नेताले त्यसो नगर्नुस्, त्यो गलत हो, फिर्ता लिनुस् भनेर निर्देशन दिएको सार्वजनिक भएको छ ।’ उनले नागरिक उन्मुक्ति पार्टीको विवाद र संसदीय दलको नेता को हो भन्ने कानुनी निक्र्योल भएपछि सरकार बन्ने समेत बताए ।

Couple
Loading...