धनगढीका लागूऔषध सहित एक जना पक्राउ

Dadeldhura hospital

धनगढी- धनगढीका एक युवक लागूऔषध सहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–८ राधास्वामी नजिकबाट ६०० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित सोही ठाँउ बस्ने २८ वर्षीय प्यारेलाल राना शुक्रवार दिउँसो पक्राउ परेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले लागूऔषध सहित रानालाई फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...