
कञ्चनपुर- चोरी मुद्दामा १५ वर्ष फरार रहेका कञ्चनपुरका एक जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–६ ऐठपुरका ३० वर्षीय महेश चौधरी पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो ।


जिल्ला अदालत कञ्चनपुरको मिति २०६५ माघ २१ गतेको फैसलाले चोरी मुद्दामा १४ दिन कैद सजाय र ४१ हजार ७५ जरिवाना ठहर भई फरार रहेका चौधरीलाई बिहीवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पुस्कर राज पन्तले बताए ।

