राज्यमन्त्रीबाट बर्खास्त भएका कैलाश मुख्यमन्त्री बन्दै

gyan kendra dadel

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले गर्ने भएको छ । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफ्नो पार्टीका नेता कैलाश चौधरीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने जानकारी दिइन् । ‘भोली नयाँ सरकार बन्दैछ, त्यसको नेतृत्व हामीले गर्दैछौ’, उनले भनिन् । अध्यक्ष रञ्जिताका अनुसार नाउपालाई मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्री दिने बिषयमा बुधवार (हिजो) प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव सहितको बैठकमा सहमति भएको हो ।

Khanepani dadeldhura
udhok dadeldhura

‘शीर्ष नेताहरूसँग सहमति भइसकेको छ । हाम्रो पार्टीका नेता भोली मुख्यमन्त्री बन्नुहुनेछ’, उनले भनिन् । यसका लागि रञ्जिता भोली आफू पनि सुदूरपश्चिमको धनगढी जादैछिन् । मुख्यमन्त्री मात्र होइन एक मन्त्री र राज्यमन्त्री समेत पाउने गरी सत्तागठबन्धनका शीर्ष नेताहरूबिच सहमति भएको उनले जानकारी दिइन् । रञ्जिताले आफ्नो पार्टी भित्रका सबै विवाद समाप्त भइसकेका दाबी पनि गरिन् । उनले केही दिनअघि संसदीय दलका नेता घनश्याम चौधरीलाई कारबाही गरेर कैलाश चौधरीलाई नेता बनाएकी थिइन् । घनश्याम चौधरी नाउपाका नेता रेशम चौधरी (रञ्जिताका श्रीमान्) पक्षका हुन।

ajaymeru gaupalika

घनश्यामले रञ्जिता पक्षधरहरूको टिकापुर बैठकमा भएका निर्णयमा लिखित असहमति जनाएका थिए । यसपछि रञ्जिताले संसद् सचिवालयलाई पत्र पठाएर घनश्यामलाई संसदीय दलको नेताबाट हटाएको जानकारी गराएकी थिइन् । तर नाउपाका रेशम पक्षधरहरूले संसदीय दलको नेता हटाउन संसदीय दलको बैठकले निर्णय गर्नुपर्छ भन्दै तर्क गरिरहेका छन् । संसदीय दलमा सुरुमा नाउपाका ७ सांसद थिए। यीमध्ये समानुपातिक सांसद इन्दिरा गिरीलाई पनि रञ्जिताले कारबाही गरिसकेकी छिन्। उनले संसद सचिवालयलाई पत्र पठाएर पार्टीले उनलाई कारबाही गरेको जानकारी गराइसकेकी छिन् । अहिले सुदूरपश्चिम सरकारमा नाउपाका ६ जना सांसद छन् तीमध्ये ४ जना रेशम पक्षधर मानिन्छन् ।

नाउपाको संसदीय दलमा रमेश पक्ष बलिया छन् भने पार्टी कार्यसमितिमा रञ्जिताको पल्ला भारी छ । केन्द्रमा नयाँ गठबन्धन बनेसँगै नाउपाका रञ्जिता र रेशम बीचको विवाद बढ्दै गएको छ ।

Loading...