ओम्स नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको भित्तेपात्रो विमोचन

gyan kendra dadel
udhok dadeldhura

धनगढी- बजार व्यवस्थापन तथा बिक्री कर्मचारी सघं (ओम्स नेपाल) सुदूरपश्चिम प्रदेश कमिटीको भित्तेपात्रो विमोचन गरिएको छ । नयाँ वर्ष २०८१ सालको भित्तेपात्रो आज एक कार्यक्रमका बिच विमोचन गरिएको हो । नयाँ वर्षको शुभकामना आदानप्रदान सहित संघले भित्तेपात्रो विमोचन गरेको हो । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सुदूरपश्चिमका अध्यक्ष जित बहादुर मल्ल, ओम्स नेपालका केन्द्रिय अध्यक्ष डम्मर ठकुल्ला, जिफन्ट प्रदेश उपाध्यक्ष ठक्कर बिष्ट, जिफन्ट सचिव चन्द्र प्रकाश गैरे लगायतले भित्तेपात्रो विमोचन गरेका हुन् ।
ओम्स नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष जयराज मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रममा ओम्स नेपालका केन्द्रिय उप महासचिव जनक ढकाल, अटो मेकानिक्स केन्द्रिय सदस्य बिस्णु अधिकारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम अध्यक्ष ललित चन्द ओम्स नेपालका पदाधिकारी तथा सदस्यहरू, एवं जिफन्ट घटक युनियनमा आबद्ध बिभिन्न सगंठनका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो । भित्तेपात्रो विमोचन कार्यक्रमकै अवसरमा पात्रो निकाल्न सहयोग गर्नेहरूलाई सम्मान गरिएको थियो । यस्तै ओम्स नेपालका सदस्यहरू तथा सल्लाहकारहरूलाई समेत प्रमाणपत्र वितरण गरिएको थियो ।

Khanepani dadeldhura
Loading...